LIVE Thursday, October 15, 2026 | 5:30 PM
Sign In
GaukoKhabar
No #1 News Portal of solukhumbu
⚠ Breaking
संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षणसंघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षण
खबरहरू

नेपाल कार्पेट उत्पादक तथा निर्यात संघको अध्यक्षमा बलराम गुरुङ निर्वाचित

Correspondent •

काठमाडौं । सफल व्यावसायी तथा समाजसेवी बलराम गुरुङ नेपाल कार्पेट उद्योगसँग सम्बन्धित शीर्ष संस्था नेपाल कार्पेट उत्पादक तथा निर्यात संघको अध्यक्षमा निर्वाचित हुनु भएको छ। संघको वार्षिक साधारणसभाबाट गुरुङ सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित हुनु भएको हो ।

गुरुङ लामो समयदेखि कार्पेट उत्पादन र निर्यात व्यवसायमा सक्रिय रहँदै आइरहेका छ । उहाँले नेपाली हाते कार्पेटलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन उल्लेखनीय योगदान पुर्‍याउँदै आउुभएको छ। उहाँको नेतृत्वमा कार्पेट उद्योगको गुणस्तर, अन्तर्राष्ट्रिय बजार विस्तार तथा व्यावसायिक सुधारमा थप योगदान पुग्ने व्यवसायीहरुले विश्वास गरेका छन् ।
अध्यक्षमा निर्वाचित भएपछि गुरुङले नेपाली हाते कार्पेट उद्योगको दिगो विकासका लागि सरकारसँग सहकार्य, उत्पादनमा नवीनता, युवा उद्यमशीलता प्रोत्साहन र अन्तर्राष्ट्रिय प्रवर्द्धनलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
गुरुङ सामाजिक क्षेत्रमा पनि सक्रिय व्यक्तित्वका रूपमा चिनिन्छन् । उहाँले विभिन्न समुदायमा शिक्षा, स्वास्थ्य र रोजगारको अवसर सिर्जना गर्ने कार्यक्रमहरूमा समेत अग्रसरता देखाउँदै आउनु भएको छ।
नेपाल कार्पेट उद्योग देशको परम्परागत हस्तकलामध्ये एक हो, जसले निर्यात मार्फत विदेशी मुद्राको आर्जनमा महत्वपूर्ण योगदान दिँदै आएको छ । नयाँ नेतृत्वसँगै संघले उद्योगको समग्र उत्थान र प्रवर्द्धनमा थप प्रभावकारी पहल गर्ने अपेक्षा गरिएको छ ।

← Previous Article
सर्वोच्चको आदेशपछि कालीगण्डकीमा उत्खनन सुरु
Next Article →
कालिका आधारभूत विद्यालयको नवनिर्मित दुई कोठे भवन निर्माण सम्पन्न, अध्यक्ष राईद्वारा उद्धाटन

Staff writer and contributor at GaukoKhabar.

Leave a Reply

Your email address will not be published. Required fields are marked *