LIVE Thursday, October 15, 2026 | 3:45 PM
Sign In
GaukoKhabar
No #1 News Portal of solukhumbu
⚠ Breaking
संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षणसंघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षण
मौसम

आज साँझदेखि मुलुकका धेरै स्थानमा हिमपात र वर्षा हुनसक्ने

Correspondent •

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) साँझदेखि मुलुकका धेरै स्थानमा हिमपात र वर्षा हुनसक्ने जनाएको छ । विभागले हिँजो साँझ हिँउदे मौसमसम्बन्धी विशेष बुलेटिन जारी गर्दै पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबार साँझदेखि मुलुकका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको जनाएको हो ।

विभागले उक्त प्रणालीका कारण शुक्रबार अपरान्हदेखि शनिबारसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थान तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको छ ।साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थान र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम तथा गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । मौसम प्रणालीको असरका कारण तापक्रम घट्न गई चिसो बढ्नसक्ने समेत सम्भावना रहेको विभागले जनाएको छ ।

“वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ”, विभागले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

← Previous Article
थुलुङ दुधकोशी गाउँपालिकाका तीन स्वास्थ्य संस्थालाई नगद सहित सम्मान
Next Article →
थुलुङ दुधकोशी गाउँपालिकामा पुस २५ गते देखि अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुने

Staff writer and contributor at GaukoKhabar.