LIVE Thursday, October 15, 2026 | 3:46 PM
Sign In
GaukoKhabar
No #1 News Portal of solukhumbu
⚠ Breaking
संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षणसंघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षण
खबरहरू

थुलुङ दुधकोशी गाउँपालिकाका तीन स्वास्थ्य संस्थालाई नगद सहित सम्मान

Correspondent •

थुलुङ दुधकोशी गाउँपालिकाले न्युनतम सेवा मापदण्डमा गाउँपालिका भरी उत्कृष्ट अंक प्राप्त गर्ने तीन स्वास्थ्य संस्थाहरूलाई नगदसहित सम्मान गरेको छ । गाउँपालिका अन्तरगतका स्वास्थ्य संस्थाहरूको आ.व. २०८० ०८१ को वार्षिक समिक्षा कार्यक्रममा उक्त स्वास्थ्य संस्थालाई सम्मान गरेको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रथम हुने स्वास्थ्य चौकी पञ्चन, दोस्रो हुने स्वास्थ्य चौकी काँगेल र तेस्रो हुने स्वास्थ्य चौकी जुबुलाई कमशः १५ हजार, १०,००० र ५ हजार नगद सहित प्रमाण पत्रले सम्मान गरिएको हो ।

गाउँपालिकाको सम्पुर्ण स्वास्थ्य संस्थाहरूको न्युनतम सेवा मापदण्डसम्बन्धी ईन्डेक्सको हकमा सबैले ८० प्रतिशतभन्दा माथि अंक कायम गर्न सफल भएको विवरण समेत प्रस्तुत गरिएको छ । कार्यक्रममा थुलुङ दुधकोशी अस्पताल लगायत ६ स्वास्थ्य चौकी र ३ सामुदायिक स्वास्थ्य ईकाईका प्रमुखहरूले गत आर्थिक वर्षमा आआफ्नो संस्थाद्वारा सम्पन्न गरिएका स्वीकृत कार्यक्रमहरूको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

सोही कार्यक्रममा बोल्नुहुँदै गाउँपालिका अध्यक्ष असिम राईले जनताका स्वास्थ्यसम्बन्धी हकको लागि आफु संवेदनशील रहेको भन्दै जनताको स्वास्थ्यप्रति अति जिम्मेवार भएर आफ्नो कार्यक्षेत्रमा लाग्न निर्देशन दिनु भएको छ। सबै स्वास्थ संस्थाहरूको प्रगति समिक्षा पश्चात् गाउँपालिका भरी मातृ मृत्युदर शून्य, नव शिशु तथा बाल मृत्यु दर शून्य, पूर्ण खोप सुनिश्चतता भएको छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रसन्नदिप राई , स्वास्थ शाखा प्रमुख उद्वब ढुंगाना लगायतको उपस्थिति रहेको थियो ।

← Previous Article
सोलुखुम्बुुमा सुत्केरी आमा र शिशुको हेलिकप्टर मार्फत उद्वार
Next Article →
आज साँझदेखि मुलुकका धेरै स्थानमा हिमपात र वर्षा हुनसक्ने

Staff writer and contributor at GaukoKhabar.