LIVE Thursday, October 15, 2026 | 4:43 PM
Sign In
GaukoKhabar
No #1 News Portal of solukhumbu
⚠ Breaking
संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षणसंघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षण
खबरहरू

संसदीय समितिमा विवाहकाे चर्चा

Correspondent •

संसदीय समितिमा विवाह गर्ने उमेर घटाउनुपर्ने विषय फेरि उठेको छ । यसअघि प्रतिनिधिसभाको कानून समितिले गरेको अध्ययन र सरकारले बनाएको कार्यदलले विवाह गर्ने उमेर २० वर्षबाट १८ वर्षमा झार्न सुझाव दिएकामा कतिपयले घटाउन नहुने तर्क गर्दै आएका छन् । तर कानून समितिका सांसदहरूले आज फेरि उमेर घटाउनुपर्ने विषय उठाएका हुन् ।

सांसदहरू नागिना यादव, रञ्जुकुमार झा, पूर्णबहादुर घर्ती लगायतले विवाहको उमेर घटाउनुपर्ने बताएका छन् । सांसदहरूको कुरा सुनेपछि गृहमन्त्री रमेशले पनि आफू विवाह गर्ने उमेर घटाउनुपर्ने पक्षमा रहेको बताउनुभयो ।

मन्त्रिपरिषद्मा बालबालिकासम्बन्धी ऐन छलफलकै क्रममा रहेको भन्दै गृहमन्त्री लेखकले विवाह गर्ने उमेर २० बाट १८ वर्षमा झार्ने कि रोमियो जुलिएट ल प्रयोग गर्ने भन्ने रहेको बताउनुभयो । रोमियो जुलिएट ल अनुसार १६ देखि १८ वर्षको बीचमा प्रेम सम्बन्धमा रहेका युवायुवतीको शारीरिक सम्बन्ध भयो भने त्यसलाई बलात्कार मान्न नमिल्ने उहाँको भनाइ छ ।

मुलुकी देवानी संहिता २०७४ ले महिला तथा पुरुष दुवैले २० वर्ष नपुगी गरेको विवाह स्वतः बदर हुने व्यवस्था गरेको छ । तोकिएको उमेर नपुगी बालविवाह गर्ने तथा गराउने दुवै पक्षलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरीवानाको सजाय तोकिएको छ ।

← Previous Article
नागरिक उन्मुक्ति र जनमत पार्टी एकीकरण गर्ने तयारीमा
Next Article →
हाइड्रोजनबाट चल्ने गाडी गुडाउने बाटो खोल्दै सरकार

Staff writer and contributor at GaukoKhabar.

Leave a Reply

Your email address will not be published. Required fields are marked *