GaukoKhabar

उच्चको थुनामा पठाउने आदेशविरुद्ध लामिछाने सर्वोच्चमा

सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि कारागार पठाउने उच्च अदालत बुटवलको आदेश बदर गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । लामिछानेले उच्च अदालतको आदेशविरुद्ध शुक्रबार आफ्ना कानुन व्यवसायीमार्फत सर्वोच्चमा रिट निवेदन दर्ता गराएका हुन् ।

सहकारी ठगी र संगिठत अपराध मुद्दामा एक करोड रुपैयाँ धरौटीमा छाड्ने जिल्ला अदालत रुपन्देहीको आदेशलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले उल्टाउँदै थुनामा पठाउने आदेश गरेको थियो ।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.