LIVE Thursday, October 15, 2026 | 3:47 PM
Sign In
GaukoKhabar
No #1 News Portal of solukhumbu
⚠ Breaking
संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षणसंघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षण
खेलकुद शिक्षा

माप्यदुधकोशी गाउँपालिकामा एभरेष्ट ट्रेल म्याराथन प्रतियोगिता आयोजना हुने

Correspondent •

सोलुखुम्बु । माप्यदुधकोशी गाउँपालिकाको आयोजनामा एभरेष्ट ट्रेल म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । गाउँपालिकाको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले अन्र्तराष्ट्रिय स्तरको एभरेष्ट ट्रेल म्याराथन प्रतियोगिता आयोजना हुन लागेको हो ।

प्रतियोगिता आगामी २०८२ साल बैशाख १२ गते गाउँपालिका रंगशाला कोर्कुबाट सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । म्याराथन उमेरगत समुहमा हुनेछ । १८ बर्षदेखि २९ बर्षसम्म महिला र पुरुष दुवै सहभागी हुन पाउने छन् ।

३० बर्षदेखि ४९ बर्षसम्म महिला र पुरुष, ५० बर्षदेखि ६५ बर्षसम्म महिला र पुरुष र १८ बर्षदेखि ६५ बर्षसम्म खुल्ला महिला र पुरुष दुवै सहभागि हुन पाउने छन् । खुल्ला समुहमा सहभागि हुनेले अन्य उमेर समुहमा सहभागि हुन पाउने छैनन् ।

१८ बर्षदेखि २९ बर्ष उमेर समुहका लागि महिला पुरुष दुवैतर्फ पुरस्कार प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमशः २० हजार, १५ हजार, १० हजारको साथमा मेडल प्रमाणपत्र प्रदान गरिने छ ।

३० बर्षदेखि ४९ बर्षसम्मका उमेर समुहलाई क्रमशः २० हजार, १५ हजार, १० हजारको साथमा मेडल प्रमाणपत्र प्रदान गरिने छ । ५० बर्षदेखि ६५ बर्ष उमेर समुहलाई क्रमशः २० हजार, १५ हजार, १० हजारको साथमा मेडल प्रमाणपत्र प्रदान गरिनेछ । १८ बर्षदेखि ६५ बर्षसम्म खुल्ला महिला र पुरुष दवैतर्फ क्रमशः १ लाख, ७५ हजार र ५० हजारको साथमा मेडल प्रमाणपत्र वितरण गरिनेछ ।

← Previous Article
माप्यदुधकोशीमा माघ ३० गतेदेखि हुने अध्यक्ष कप भलिबल तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा
Next Article →
माप्यदुधकोशी गाउँपालिका ६ वाप्सामा भुमे (वास) समुहको भवन उद्घाटन

Staff writer and contributor at GaukoKhabar.

Leave a Reply

Your email address will not be published. Required fields are marked *