LIVE Thursday, October 15, 2026 | 4:42 PM
Sign In
GaukoKhabar
No #1 News Portal of solukhumbu
⚠ Breaking
संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षणसंघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षण
खबरहरू

साइबर जोखिम न्यूनीकरण र पूर्वानुमानलाई प्रभावकारी बनाइने, एआई केन्द्र स्थापना गरिने

Correspondent •

काठमाडौँ  । सरकारले चौबिसै घण्टा क्रियाशील रहने गरी राष्ट्रिय साइबर सुरक्षा केन्द्रलाई सुदृढ गर्दै साइबर जोखिमको पूर्वानुमान र न्यूनीकरणलाई थप प्रभावकारी बनाउने भएको छ । साथै, सूचना प्रविधिको नवीनतम प्रयोगलाई बढावा दिन आगामी आर्थिक वर्षमा कृत्रिम बौद्धिकता (एआई) केन्द्र स्थापना गर्ने योजना अघि सारेको छ ।
बुधबार राष्ट्रियसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिने क्रममा यो जानकारी दिइएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले साइबर आक्रमणको पहिचान, रोकथाम र प्रतिकार्यका लागि राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गरिएको बताउनुभयो । उहाँले सूचना प्रविधि तथा साइबर सुरक्षासम्बन्धी विधेयक सङ्घीय संसद्मा दर्ता भइसकेको जानकारी पनि दिनुभयो ।
मन्त्री दाहालका अनुसार, सबै सरकारी निकायका वेबसाइटमा एकरूपता ल्याउन ‘एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली’ लागू गरिएको छ भने साइबर जोखिमबाट बचाउन ‘वेब मोनिटरिङ’ प्रणाली पनि सञ्चालनमा ल्याइएको छ ।
सञ्चार क्षेत्रको विकासबारे बोल्दै उहाँले सरकार वाक् तथा प्रकाशन स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो । “आमसञ्चार क्षेत्रलाई मर्यादित, जिम्मेवार र विश्वसनीय बनाउन आवश्यक नीतिगत तथा कानुनी सुधारको काम सुरु भइसकेको छ,” मन्त्री दाहालले भन्नुभयो, “सार्वजनिक प्रसारण संस्थाहरूबाट विभिन्न मातृभाषामा हुँदै आएको प्रकाशन तथा प्रसारणलाई थप विस्तार गरी सामग्रीको गुणस्तर वृद्धि गरिनेछ ।” पत्रकारिताको विश्वसनीयता बढाउन प्रेस काउन्सिल नेपालको अनुगमनलाई थप प्रभावकारी बनाइने उहाँको भनाइ थियो ।
पूर्वाधार विकासतर्फ मध्यपहाडी लोकमार्ग लगायतका अन्य राजमार्गहरूमा अप्टिकल फाइबर बिछ्याएर इन्टरनेट सेवाको गुणस्तर सुधार गरिने योजना रहेको छ । मन्त्री दाहालले एआईसम्बन्धी नीति स्वीकृतिको चरणमा रहेको र आगामी आर्थिक वर्षमा एआईको प्रयोग, प्रवर्द्धन र नियमनका लागि ‘कृत्रिम बौद्धिकता केन्द्र’ स्थापना गरिने महत्वपूर्ण घोषणा गर्नुभयो ।
यसैगरी, चलचित्र क्षेत्रको विकासका लागि चलचित्र विकास बोर्डमा ‘पोस्ट प्रोडक्सन ल्याब’ स्थापनाको काम सुरु भएको र ‘बक्स अफिस’ प्रणालीलाई स्तरोन्नति गर्न लागिएको उहाँले बताउनुभयो ।
सुरक्षण मुद्रण केन्द्रमार्फत नागरिकता, हुलाक टिकट, अन्तःशुल्क स्टिकर र सवारीधनी प्रमाणपत्रजस्ता महत्वपूर्ण कागजात नेपालमै छाप्न थालिएको र हालै सवारी चालक अनुमतिपत्रको छपाइ पनि सुरु गरिएको मन्त्री दाहालले सदनलाई जानकारी गराउनुभयो ।

← Previous Article
प्राविधिक शिक्षालयका लागि साेलुदुधकुण्डले गर्याे सवा ११ करोडको सम्झौता
Next Article →
सोताङ गाउँपालिकाको ४२ करोड ७७ लाखको बजेट सर्वसम्मतिले पारित

Staff writer and contributor at GaukoKhabar.

Leave a Reply

Your email address will not be published. Required fields are marked *