LIVE Thursday, October 15, 2026 | 3:45 PM
Sign In
GaukoKhabar
No #1 News Portal of solukhumbu
⚠ Breaking
संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षणसंघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षण
शिक्षा

प्राविधिक शिक्षालयका लागि साेलुदुधकुण्डले गर्याे सवा ११ करोडको सम्झौता

Correspondent •

सोलुखुम्बु। सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका र फ्रान्सस्थित सोलु–च्याम संस्थाबिच नुम्बुर बहुप्राविधिक शिक्षालय सञ्चालन गर्न पाँच वर्षका लागि ११ करोड २३ लाख ७५ हजार रुपियाँको सहयोग सम्झौता भएको छ । नगरपालिकाकोतर्फबाट नगर प्रमुख नाम्गेलजाङ्बु शेर्पा र सोलु–च्यामकोतर्फबाट नेपाल प्रतिनिधि निमा शेर्पाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौता पश्चात नगरप्रमुख शेर्पाले नुम्बुर बहुप्राविधिक शिक्षालयको दिगो सञ्चालनको भरपर्दो आधार तयार भएको भन्दै यसले सोलुदूधकुण्ड नगरपालिका मात्रै नभइ सिङ्गो सोलुखुम्बुमानै प्राविधिक शिक्षामा नयाँ सम्भावनाको ढोका खोलेको बताए । प्राविधिक जनशक्ति उत्पादनको शिक्षा क्षेत्रमा ऐतिहासिक उपलब्धी हुने उनको विश्वास छ ।

सोलुदूधकुण्ड नगरपालिका ७ मा यस अघिनै करिब साँढे तीन करोड ४० लाख रुपियाँको लागतमा आधुनिक प्राविधिक शिक्षालय निर्माण भई पठनपाठन शुरु भएको छ । फ्रान्सेली दातृ निकाय र सोलुदूधकुण्ड नगरपालिकाको लागत साझेदारीमा नुम्बुर प्राविधिक शिक्षालय सञ्चालन भएको हो ।

नगरपालिकाका युवाहरुलाई स्वरोजगार मुलक सीप सिकाई विदेश पलायनबाट रोक्ने उद्देश्यले निर्माण गरिएका आधुनिक र सुविधा सम्पन्न प्राविधिक शिक्षालयमा निःशुल्क रुपमा पढाउन थालिएको नगर प्रमुख शेर्पाले बताए ।

पहिलो प्राथमिकतामा नगरपालिका र बाँकी जिल्लाभरिका विद्यार्थी भर्ना गरिएको छ । प्लम्बिङ, कुक र हाउस वाईयरिङसम्बन्धी तीन विधामा तत्काल १०र१० जनाका दरले ३० जना विद्यार्थीलाई पढाउन सुरु गरिएको प्राविधिक शिक्षालयका अध्यक्ष निमा शेर्पाले जानकारी दिए ।

सिटिईभिटिबाट सम्बन्धन लिइएको तीनवटै कोर्ष दुई बर्षे हुन् । एसइईको परीक्षा दिएका विद्यार्थीहरु आवासीय रुपमा उक्त कक्षामा सामेल भएका छन् । काठमाडौँ र विराटनगरबाट दक्ष प्रशिक्षक ल्याइएको उक्त प्राविधिक शिक्षालयमा सबै विद्यार्थीका लागि खाना बस्नको व्यवस्था मिलाइएको र अबको ६ महिनापछि थप विधामा ३० जना विद्यार्थी भर्ना लिने अध्यक्ष शेर्पाले बताए ।

व्यवसायिक शिक्षा लिनकै लागि लाखौँ खर्च गरेर काठमाडौँ धाउनुपर्ने बाध्यता प्राविधिक शिक्षालय खुलेसँगै कम भएको छ । आफ्ना छोराछोरीलाई गाउँघरमै व्यवसायिक शिक्षा दिन पाउँदा अभिभावकहरुले खुसी भएका छन् ।

← Previous Article
एसईई नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा, बोर्ड बैठक बोलाइयो
Next Article →
साइबर जोखिम न्यूनीकरण र पूर्वानुमानलाई प्रभावकारी बनाइने, एआई केन्द्र स्थापना गरिने

Staff writer and contributor at GaukoKhabar.

Leave a Reply

Your email address will not be published. Required fields are marked *