LIVE Thursday, October 15, 2026 | 5:30 PM
Sign In
GaukoKhabar
No #1 News Portal of solukhumbu
⚠ Breaking
संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षणसंघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षण
खबरहरू

सोलुखुम्बुको कोशीपारी क्षेत्रका बासिन्दालाई राहत, साउनदेखि सोताङमै मालपोत र नापी सेवा

Correspondent •

सोलुखुम्बु । सोलुखुम्बुको दुर्गम कोशीपारी क्षेत्रका बासिन्दाले अब मालपोत र नापीसम्बन्धी सेवाका लागि जिल्ला सदरमुकाम सल्लेरी धाउनुपर्ने बाध्यताबाट मुक्ति पाउने भएका छन्। महाकुलुङ र सोताङ गाउँपालिकाको निरन्तर पहलमा आगामी साउन महिनादेखि सोताङमै मालपोत तथा नापी कार्यालयको सेवा विस्तार हुने निश्चित भएको हो।

लामो समयदेखि प्रतीक्षित यो सेवा विस्तारको अन्तिम तयारी स्वरूप शनिबार जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बुमा एक महत्त्वपूर्ण बैठक आयोजना गरिँदैछ। उक्त बैठकमा मालपोत र नापी कार्यालयका प्रमुखहरू, जिल्लास्थित सबै राजनीतिक दलका प्रतिनिधि तथा जनप्रतिनिधिहरूको सहभागिता रहनेछ र सेवा विस्तारका लागि आवश्यक निर्णयहरू लिइनेछ।

महाकुलुङ गाउँपालिकाका अध्यक्ष सूर्य कुलुङले आगामी साउन महिनादेखि सेवा सञ्चालनमा ल्याउने गरी अन्तिम तयारी भइरहेको जानकारी दिनुभयो। “यो सेवा विस्तारले महाकुलुङ, सोताङलगायत कोशीपारीका सम्पूर्ण बासिन्दालाई ठूलो राहत मिल्नेछ,” अध्यक्ष कुलुङले भन्नुभयो, “यसले उहाँहरूको समय र खर्च दुवैको बचत गराउनेछ।”

सामान्य जग्गाको कारोबार तथा नापीसम्बन्धी कामका लागि पनि दिनौं लगाएर सदरमुकाम पुग्नुपर्ने दुर्गमका बासिन्दाको कष्टलाई अन्त्य गर्दै स्थानीय तहमा नै महत्त्वपूर्ण सरकारी सेवा पुग्नुलाई एक ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।

स्थानीय सरकारको निरन्तरको प्रयास र राजनीतिक दलहरूको सहकार्यबाट सम्भव भएको यस कार्यले कोशीपारी क्षेत्रको समग्र विकास र स्थानीयको जीवनस्तर सुधारमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ।

← Previous Article
सोताङ गाउँपालिकाको ४२ करोड ७७ लाखको बजेट सर्वसम्मतिले पारित
Next Article →
नेपाल शिक्षक महासंघ सोताङ गाउँपालिकाको अधिवेशन सम्पन्न, अध्यक्षमा मोतीराम बस्नेत चयन

Staff writer and contributor at GaukoKhabar.

Leave a Reply

Your email address will not be published. Required fields are marked *