LIVE Thursday, October 15, 2026 | 3:46 PM
Sign In
GaukoKhabar
No #1 News Portal of solukhumbu
⚠ Breaking
संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षणसंघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षण
खबरहरू

थुलुङ दुधकोशी गाउँपालिकाले दियाे ९ वडालाई ६ करोड बढीको बजेट सिलिङ

Correspondent •

सोलुखुम्बु। जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट बनाउनका लागि वडालाई रु. ६ करोड बढीको सिलिङ दिएको छ । पालिका अध्यक्ष असिम राईको अध्यक्षतामा बुधबार बसेको श्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठले तीन सूचकको आधारमा ६ करोड २ लाख ७१ हजार ४ सय ३७ रुपैयाँ वडागत बजेट सिलिङ दिएको हो ।

गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार वडाको जनसंख्या, क्षेत्रफल र राजस्व संकलनलाई बजेट सिलिङको लागि सूचक मानिएको छ । उक्त सूचक अनुसार वडा नम्बर ९ लोखिमले सबै भन्दा बढी ९१ लाख ३ सय १५ प्राप्त गरेको छ भने दोस्रोमा वडा नम्बर १ नेलेले ८२ लाख एक्काइस हजार ६६ रुपैयाँ प्राप्त गरेको छ । यस्तै वडा नम्बर २ काँगेलले ६५ लाख ३४ हजार ७ सय १६, वडा नम्बर ३ पञ्चनले ५३ लाख ७५ हजार ६ सय ८० रुपैयाँ, वडा नम्बर ४ जुबुले ५० लाख ३ सय १५, वडा नम्बर ५ जुबुले ५९ लाख ७ सय १५ रुपैयाँ, वडा नम्बर ६ मुक्लीले ६८ लाख ११ हजार ५ सय १२ रुपैयाँ प्राप्त गरेको छ ।
यस्तै वडा नम्बर ७ देउसाले ६२ लाख १५ हजार ८ सय ७२ रुपैयाँ, वडा नम्बर ८ देउसाले ७१ लाख ११ हजार २ सय ४६ रुपैयाँ प्राप्त गरेको प्रमुख प्रशासकीय अधिकृत प्रशन्नदीप राईले जानकारी दिनुभयो । अब पालिका भित्रका सबै वडाले आफुले प्राप्त गरेको बजेट सिलिङभित्र रहेर आगामी वर्षको कार्यक्रम बनाउनुपर्ने हुन्छ ।
समितिको बैठकले आगामी वर्ष २०८२/०८३ मा विभिन्न शिर्षकबाट गाउँपालिकाको श्रोत रु. ६३ करोड ३७ लाख ६० हजार रहने अनुमान गरेको छ । संविधान अनुसार स्थानीय सरकारले असार १० गते बजेट ल्याउनेछ । जेठ ३० गते देखि असार १० गते सम्मको लागि थुलुङ दुधकोशी गाउँपालिकाले बजेट क्यालेन्डर निर्माण गरि काम गरिरहेको छ । निर्धारित समय असार १० गते गाउँसभामा पालिकाको नीति तथा कार्यक्रम पेस हुने प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

← Previous Article
जनजागृती ज्योति प्रशंसा मण्डली किचन घरको पालिकाअध्यक्ष राईद्वारा उद्घाटन
Next Article →
थुलुङ दुधकोशीद्धारा ६३ करोडबढीको बजेट सार्वजनिक, उत्पादनमा बिशेष जोड

Staff writer and contributor at GaukoKhabar.

Leave a Reply

Your email address will not be published. Required fields are marked *