LIVE Thursday, October 15, 2026 | 5:30 PM
Sign In
GaukoKhabar
No #1 News Portal of solukhumbu
⚠ Breaking
संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षणसंघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षण
खबरहरू

सोलुखुम्बुका डीएसपी द्वारीका प्रसाद घिमिरे सहित अन्य २ प्रहरी पुरस्कृत

Correspondent •

सोलुखुम्बुु। सोलुखुम्बुका डीएसपी द्वारीका प्रसाद घिमिरे सहित अन्य २ जना पुरस्कृत भएका छन् । प्रदेश प्रहरी कार्यालयले दुर्गम क्षेत्रमा रहेर नागरिकको सेवामा दिनरात खटिएको भन्दै उहाँहरूलाई सम्मान गरेको हो ।
शनिबार जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु अवलोकन भ्रमणमा आइपुग्नुभएका कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजन अधिकारीले उहाँहरूलाई सम्मानित गर्नुभएको हो । पुरस्कृत हुने प्रहरी अधिकारीहरूमा डीएसपी घिमिरे सहित प्रहरी हवलदार गणेश प्रसाद चौधरी, प्रहरी जवान खगेन्द्र बहादुर मगर रहनुभएको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले प्रहरी हवलदार सन्तोषी चौधरीलाई पुरस्कृत गरेको छ । हरेक वर्ष नारी दिवसको दिन जिल्लामा एकजनालाई पुरस्कृत गरिदै आएकोमा यस वर्ष चौधरीलाई उक्त पुरस्कार प्रदान गरिएको हो । चौधरीले प्रहरीको रुपमा खटिएर नागरिक सेवामा दिएको योगदानको कदर गर्दै उनलाई जिल्ला प्रहरी कार्यालयले पुरस्कृत गरेको कार्यालय प्रमुख डीएसपी द्वारीका प्रसाद घिमिरेले बताउनुभयो ।

← Previous Article
प्रोटोनको पहिलो विद्युतीय गाडी ‘ई–मास सेभेन’ नेपाली बजारमा सार्वजनिक
Next Article →
खोटाङमा चट्याङ लागेर एक महिलाको मृत्यु

Staff writer and contributor at GaukoKhabar.

Leave a Reply

Your email address will not be published. Required fields are marked *