LIVE Thursday, October 15, 2026 | 3:46 PM
Sign In
GaukoKhabar
No #1 News Portal of solukhumbu
⚠ Breaking
संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षणसंघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षण
खबरहरू

सोलुदुधकुण्ड नगरपालिकाद्धारा ८३ करोड ८० लाख बराबरको बजेट सार्वजनिक

Correspondent •

सोलुखुम्बु। सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–८३ लागि ८३ करोड ८० लाख ९४ हजारको बजेट ल्याएको छ । मङ्गलवार नगर प्रमुख नाम्गेलजाङ्बु शेर्पाको अध्यक्षतामा बसेको १६ औँ नगर सभा बैठकमा चालु खर्च तर्फ ४८ करोड ९ लाख १० हजार र पुँजीगत खर्च तर्फ ३५ करोड ७१ लाख गरी ८३ करोड ८० लाख ९४ हजारको व्यय पेस गरिएको छ ।

कार्यक्रममा नगर उपप्रमुख गान्धीमाया तामाङले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । सभामा कर तथा शुल्क सङ्कलन गर्ने, छुट दिने तथा राजस्व सङ्कलनको प्रशासन सम्बन्धी कानुनी व्यवस्था गर्न आर्थिक विधेयक, २०८२ पेस भएको छ ।

नीति तथा कार्यक्रममा क्षेत्रीय पहुँच विस्तारका लागि सडक स्तरोन्नति, कृषि यान्त्रीकरणमार्फत उत्पादन र उत्पादकत्व वृद्धि, सुत्केरी भेटघाटका क्रममा घरमै जन्म दर्ता प्रमाण पत्र सेवा उपलब्ध गराउने व्यवस्था र नागरिकमैत्री सेवा प्रवाह सुनिश्चित गर्न नगरपालिका तथा वडा कार्यालयका प्रशासनिक भवन निर्माण सम्पन्न गर्ने विषयलाई प्राथमिकता दिइएको छ ।

नगर सभाको १६ औँ अधिवेशनको दोस्रो बैठक आगामी असार ३१ गते दिनको १ बजे बस्ने गरी स्थगित गरिएको प्रवक्ता फूर्वा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयाे ।

← Previous Article
थुलुङ दुधकोशीद्धारा ६३ करोडबढीको बजेट सार्वजनिक, उत्पादनमा बिशेष जोड
Next Article →
हिमाली जिल्ला सोलुखुम्बुमा आधारभूत पत्रकारिता तालिम सुरु

Staff writer and contributor at GaukoKhabar.

Leave a Reply

Your email address will not be published. Required fields are marked *