LIVE Thursday, October 15, 2026 | 5:30 PM
Sign In
GaukoKhabar
No #1 News Portal of solukhumbu
⚠ Breaking
संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षणसंघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षण
खबरहरू

थुलुङ दुधकोशी गाउँपालिका-५ द्धारा आयोजित तीन दिने उद्घोषण तालिम सम्पन्न

Correspondent •

एभरेष्ट सामुदायिक सिकाई केन्द्र थुलुङ दुधकोशी गाउँपालिका-५ द्धारा आयोजित तीन दिने उद्घोषण तालिम सकिएको छ । तीन दिन देखि जारी उक्त तालिम बिहिवार सम्पन्न भएको समुहका सदस्य भुपाल सिं राईले जानकारी दिनुभयो ।

थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ४, ५ र ९ लाई कार्य क्षेत्र बनाइ काम गरिरहेको सिकाई केन्द्रले कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई लक्षित गरि तालिम सञ्चालन गरेको जनाएको छ । उक्त तालिममा चार वटा माध्यमिक विद्यालयका ४२ जनाको सहभागीता रहको पनि सदस्य राईले जानकारी दिनुभयो ।

दक्ष तथा कुशल उद्घोषक उत्पादन गर्ने उदेश्य सहित सञ्चालित तालिम प्रभावकारी भएको सहभागीको भनाई छ । तालिम लिनुपुर्व सामान्य बोल्न समेत नसक्ने भएपनि तालिम पश्चात खुलेर आफ्नो भनाई व्यक्त गर्न सक्ने भएको सहभागी राजु बस्नेतको भनाई छ । आफ्नो भनाई राख्ने देखि कार्यक्रम सञ्चालन सम्म गर्ने सक्ने बनेको बताउँदै सहभागी यामी राईले आयोजक र प्रशिक्षकलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

यस्तै अर्का सहभागी उमा पुरीले तालिममा सिकेको कुरा भविष्यमा समेत प्रयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । तालिमका प्रशिक्षक तथा वडा नम्बर ७ का वडा अध्यक्ष समेत रहनुभएका गाउँपालिका प्रवक्ता भोजराज कार्कीले छोटो समयमा सहभागीले धरै कुराहरु व्यबहारमा प्रयोग गर्न सक्नुनै उपलब्धीमुलक रहेको बताउँनुभयो ।

सहभागीले प्रभावकारी ढंगबाट कार्यक्रम सञ्चालन देखि प्रभावकारीरुपमा मनतव्य समेत राख्न सक्ने देखेपछि गाउँपालिका उपाध्यक्ष सविता राईले खुसी व्यक्त गर्नुभयो । थुलुङ दुधकोशी गाउँपालिकाले दक्षजनशक्ती उत्पादन गर्ने गरि बजेट ब्यवस्था गरि कार्यक्रम सञ्चालन गर्ने गरेको स्मरण गर्दै उहाँले भविष्य निर्माणमा जोड दिइएको बताउँनुभयो ।

एभरेष्ट सामुदायिक सिकाई केन्द्रका अध्यक्ष अंक बहादुर बनले सिकेको सीपलाई व्यबहारमा प्रयोग गर्न आग्रह गर्नुभयो । मानिसको हरेक जीवनमा आवश्यक पर्ने उद्घोषण कला सम्बन्धि तालिम सञ्चालन गर्दा सकरात्मक तथा उत्साहजनक प्रतिक्रियाले थप कार्यक्रम सञ्चालन गर्ने प्रेरणा मलेको भन्दै सबैको आकर्षणको केन्द्रको रुपमा एभरेष्ट सिकाइ केन्द्रदलाई स्थापित गर्ने गरि काम गरिरहेको बताउँनुभयो । तीन दिने तालिम जनसेवा माध्यमिक विद्यालयको सभाहलमा सञ्चालन भएको थियो ।

← Previous Article
हुने भयाे नेले देखि महाकुलुङ सम्मकाे सडक कालोपत्रे
Next Article →
बाँसको भाटा प्रहारबाट महाकुलुङ सोलुखुम्बुमा एक व्यक्तिको हत्या

Staff writer and contributor at GaukoKhabar.

Leave a Reply

Your email address will not be published. Required fields are marked *