LIVE Thursday, October 15, 2026 | 6:15 PM
Sign In
GaukoKhabar
No #1 News Portal of solukhumbu
⚠ Breaking
संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षणसंघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षण
खबरहरू

दुई बालकको मृत्युले बाँके तनावग्रस्त, ट्याङकर र प्रहरी चौकीमा आगजनी

Correspondent •

बाँकेको डुडुवा गाउँपालिका-२ बेतहनीमा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा दुई जना बालकको घटनास्थलमै मृत्यु भएको छ । आइतबार अपराह्न साढे ३ बजेतिर भे१ख ४१०७ नम्बरको ट्यांकरको ठक्करबाट स्थानीय विशाल गोडिया र शिवकुमार गोडियाको मृत्यु भएको हो ।

स्थानीयका अनुसार दुवै जना बेतहनीको नौरीगढी एकेडेमीमा एलकेजीमा अध्ययनरत थिए । स्कुलबाट फर्किदै गर्दा बेतहनी चोकमा ट्यांकरले उनीहरूलाई ठक्कर दिएको थियो । ठक्करबाट सुरुमा सडकमा लडेका उनीहरू चिच्याउँँदै गर्दा ट्यांकरले किचेको प्रत्यक्षदर्शीले जानकारी दिए ।

प्रहरीका अनुसार दुवै जना अन्दाजी ९/१० वर्षका सहोदर दाजुभाइ हुन । घटनापछि स्थानीय बासिन्दाले ट्यांकरमा आगजनी गरिदिएका छन् भने अहिले घटनास्थल तनावग्रस्त बनेको छ ।

प्रहरी र स्थानीय बासिन्दाबीच झडप भइरहेको छ । चालकलाई कारबाहीको माग गरेका स्थानीय बासिन्दाले प्रहरी चौकी बेतहनी घेरेका छन् । साथै, अहिले स्थानीयले प्रहरी चौकीमा आगजनी समेत गरिदिएका छन् । प्रहरीले चालकलाई लुकाएको भन्दै उनीहरू आक्रोशित भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम डीएसपी दीपक पातलीले दुई बालकको शव घटनास्थलमै राखेर प्रदर्शन भइरहेको बताउनुभयो ।

← Previous Article
युवासँग मागे प्रधानमन्त्री ओलीले ठोस योजना
Next Article →
नागरिक उन्मुक्ति र जनमत पार्टी एकीकरण गर्ने तयारीमा

Staff writer and contributor at GaukoKhabar.

Leave a Reply

Your email address will not be published. Required fields are marked *