LIVE Thursday, October 15, 2026 | 5:30 PM
Sign In
GaukoKhabar
No #1 News Portal of solukhumbu
⚠ Breaking
संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षणसंघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षण
खबरहरू

थुलुङ दुधकोशीले मात्रै कामदारको पारिश्रमिक बृद्धि गरेको अध्यक्ष राईको भनाई

Correspondent •

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काममा खटिनु पुर्व रोजगार उपभोक्ता समितिलाई १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । रोजगार सेवा केन्द्र थुलुङ दुधकोशीको आयोजनामा शुक्रबार उक्त कार्यक्रम सम्पन्न भएको हो । सोही कार्यक्रमको अवसरमा कामदारको लागि सुरक्षा सामाग्री समेत हस्तान्तरण गरिएको छ ।

गाउँपालिका अध्यक्ष असिम राईले वडा अध्यक्षहरु मार्फत उक्त सामाग्री हस्तान्तरण गरिएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष असिम राईले पालिकाबाट रोजगार सृजना गर्ने कार्यक्रमलाई जोड दिएको बताउनुभयो ।

थुलुङ दुधकोशी गाउँपालिकाले स्थानीय तहले निर्धानरण गरेको अर्धदक्ष ज्यालाको हुन आउने ८० प्रतिशत रकम थप गरि ज्याला दिने गरेको छ । अधिकांश स्थानीय तहले राष्ट्रिय ज्याला ६६८ भुक्तानी गरिरहेको भएपनि थुलुङ दुधकोशीले भने निर्देशिका अनुसार थप गरि प्रति कामदार ८०० भुक्तानी गरेको अध्यक्ष राईले बताउनुभयो ।

← Previous Article
आनन्द कुलुङको शब्दमा “केइ कुलु” गीत सार्वजनिक
Next Article →
संगठित अपराधको मुद्दा नचलाएपछि चितवनका न्यायाधिवक्ता शान्ति प्रसाद लुइँटेलको सरुवा

Staff writer and contributor at GaukoKhabar.