GaukoKhabar

खोटाङमा चट्याङ लागेर एक महिलाको मृत्यु

सोलुखुम्बु । खोटाङमा चट्याङबाट एक जनाको ज्यान गएको छ । जिल्लाको केपीलासगढी गाउँपालिका वडा नम्बर ७ मा शनिबार परेको चट्याङले एक जनाको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार मृत्यु हुनेमा दिलकुमारी राई रहेकी छन् । शनिबार बिहान पानी परेपछि घर बाहिर रहेको सामान उठाउन निस्किएकी दिलकुमारीलाई चट्याङ लागेको थियो ।

शनिबार बिहान करिव ४ः३० बजेको समयमा उनी घर बाहिर निस्किएको र सोही समयमा चट्याङ पर्दा मृत्यु भएको मृतक राईका हर्कराज राईलाई उदृत गर्दै वडा अध्यक्ष वडा अध्यक्ष तेजकुमार राईले बताउनुभयो ।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.