LIVE Thursday, October 15, 2026 | 6:15 PM
Sign In
GaukoKhabar
No #1 News Portal of solukhumbu
⚠ Breaking
संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षणसंघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षण
खबरहरू

पुरुषको तुलनामा महिलाहरुको भलिबल खेलमा उत्कृष्थता नआउने  अध्यक्ष बस्नेतकाे भनाइ

Correspondent •

सोलुखुम्बु ः सोताङ गाउँपालिकाका अध्यक्ष खिलाराज बस्नेतले पुरुषको तुलनामा महिलाहरुको भलिबल खेलमा उत्कृष्थता नआउने बताउनु भएको छ। गाउँपालिकाले आयोजना गरेको अध्यक्ष कप प्रतियोगितामा महिलाहरुको खेल पुरुषको तुलनामा उत्कृष्टता कम भएकै कारण अध्यक्ष कपमा पुरस्कार राशि समान नराखिएको बताउनु भएको हो ।
उहाँले भन्नु भयो “मैले एक पटक समान पुरस्कार राशिमा खेल खेलाएको थिएँ । तर पुरुषको तुलनामा महिलाबाट खेलको त्यति उत्कृष्टता नआउने भएकोले पुरस्कार राशि फरक गरिएको हो।” त्यस्तै, अब खेल सुरु हुन अझै एक हप्ता बढी छ । पुरस्कार राशि समान बनाउन सकिने अवस्था छ की छैन भनेर सोधेका थियौं उहाँले सकिदैन भनेर जवाफ दिनुभयो ।
सोताङ गाउँपालिकामा हुन लागेको अध्यक्ष कप महिला पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा ७५ हजार रुपैंयाँको अन्तर देखिएको छ । गाउँपालिकाले सार्वजनिक गरेको सूचना अनुसार पुरुषतर्फ प्रथम पुरस्कार ७५ हजार र दोस्रो पुरस्कार ५० हजार रुपैयाँ रहेको छ । यता महिलातर्फ प्रथम पुरस्कार ४० हजार रुपैयाँ र दोस्रो पुरस्कार ३० हजार रुपैयाँ मात्र रहेको छ ।

पुरुष तर्फ द्वितीय पुरस्कार ५० हजार रुपैयाँ छ भने महिला तर्फको द्वितीय पुरस्कार ३० हजार रुपैयाँ राखिएको गाउँपालिकाद्धारा प्रकाशित सूचनामा उल्लेख छ । त्यसैगरी पुरुष भलिबल प्रतियोगिताको तृतीय र सान्त्वना पुरस्कार राशि क्रमशः ३० हजार, २० हजार रुपैंयाँ रहेको छ । उता महिला तर्फ तृतीय र सान्त्वना पुरस्कार राशि क्रमशः २० हजार र १० हजार रुपैयाँ तोकिएको छ ।

बिरेन्द्र ज्योति माध्यमिक विद्यालयको प्राङ्गणमा एउटै नियममा आधारित रही खेल खेलाइने भए पनि महिला र पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशीमा भने फराकिलो अन्तर पाइन्छ । मिति २०८१/१०/४ गते गाउँपालिकाद्धारा प्रकाशित सूचनामा उल्लेख भए अनुसार, समग्रमा महिलातर्फको पुरस्कार राशि एक लाख रहेको छ भने पुरुषतर्फको पुरस्कार राशि एक लाख ७५ हजार रुपैयाँ रहेको छ ।

महिला र पुरुष भलिबल प्रतियोगितामा महिलाहरुलाई समग्रमा पुरुषको तुलनामा ७५ हजार रुपैयाँ कम पुरस्कार राखिएपछि केही सामाजिक सञ्जाल प्रयोगकर्ताले विरोध समेत जनाएका छन् ।

← Previous Article
नागरिक एपमा जोडियो राष्ट्रिय परिचयपत्र
Next Article →
प्रेस चौतारी नेपाल सोलुखुम्बुको अध्यक्षमा गार्डेन राई सर्वसम्मत

Staff writer and contributor at GaukoKhabar.