LIVE Thursday, October 15, 2026 | 5:30 PM
Sign In
GaukoKhabar
No #1 News Portal of solukhumbu
⚠ Breaking
संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षणसंघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षण
खबरहरू

८५ लाखको विषयमा बोले गाउँपालिका अध्यक्ष कुलुङ

Correspondent •

महाकुलुङ गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङले आफ्नो धारणा सार्वजनिक गर्नु भएको छ । गाउँको खबरले स्थानियबाट उठाइएको ८५ लाख बढी रकम अध्यक्षको खातामा शिर्षकमा समाचार प्रकाशन गरेपछि अध्यक्ष कुलुङले आफ्नो धारणा सार्वजनिक गर्नु भएको हो ।
उहाँले आफ्नो सामाजिक सञ्जाल फेसबुकको प्रयोग गर्दै यस्तो लेख्नु भएको छ । “धेरै मैले हेरे बैकमा पैसा जम्मा भैसकेको छ र केही पैसा फेरि जम्मा हुन्छ र हुदैछ कुनै पैसा एक रुपैया पनि केही भको छैन र हुदैन अफ्नो ब्यस्तले गर्दा हो।”
महाकुलुङ गाउँपालिकाका एक वर्ष अघि राष्ट्रिय प्रशारण लाइन जडानका लागि आवश्यक मिटर बक्स खरिद गर्ने भनि २४ सय ३३ विद्युत उपभोक्ताबाट ८५ लाख १५ हजार ५ सय रुपैया संकलन गरिएको थियो । एक वर्ष विति सक्दा पनि मिटर बक्स खरिदका लागि कुनै पक्रीया अगाडी नवढाइए पछि गाउँपालिका अध्यक्ष कुलुङको सामाजिक सञ्जालमा तिब्र आलोचना भएको थियो ।
गत आ।व। २०८०÷०८१ को पौष ५ गते बसेको कार्यपालिकाको वैठकमा अध्यक्ष स्वयमले रकम संकलनका लागि प्रस्ताव पेश गरेका थिए । महाकुलुङ गाउँपालिका भित्रको विद्युतको समस्यालाई मध्यनजर गर्दै सबै कार्यपालिका सदस्यले उक्त प्रस्तावलाई अनुमोदन गरेका थिए । लगत्तै गाउँपालिकाले प्रत्येक वडालाई उक्त रकम संकलनका लागि निर्देशन गरेको थियो । उक्त निर्देशन पश्चात महाकुलुङ गाउँपालिकाको पाँच वडाबाट प्रतिघर तीन हजार पाँच सय रुपैंयाँको दरले रकम संकलन गरिएको थियो । हाल उक्त रकम सामुदायिक ग्रामीण विद्युतीकरण वितरक संस्थाको खातामा केही जम्मा भई सकेको र केही जम्मा गर्न बाँकी रहेकोे गाउँपालिका अध्यक्ष कुलुङले जानकारी दिनुभयो ।

← Previous Article
सर्वसाधारणबाट उठाइएको ८५ लाख बढी रकम करीव एक वर्ष देखि पालिका अध्यक्षको खातामा
Next Article →
रवि लामिछानेमाथि थुनछेक बहस सुरु

Staff writer and contributor at GaukoKhabar.