LIVE Thursday, October 15, 2026 | 4:42 PM
Sign In
GaukoKhabar
No #1 News Portal of solukhumbu
⚠ Breaking
संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षणसंघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षण
शिक्षा

शैक्षिक संस्था ठप्प पारी आन्दोलनरत शिक्षकहरू दिउँसै बत्ती बालेर सरकार खोज्दै

Correspondent •

काठमाण्डौ – विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाण्डौमा प्रदर्शन गरिरहेका शिक्षकहरूले आज दिउँसो टर्च लाइट बालेर प्रदर्शन गरेका छन् । बानेश्वर–बबरमहल सडक खण्डमा भेला भएका शिक्षक–कर्मचारीहरूले दिउँसै मोबाइलको टर्च बालेर सरकार खोज्दै साङ्केतिक विरोध गरेका हुन् । यसअघि शिक्षकहरूले सडकमा सुतेर, सिठी बजाएर तथा कालो मास्क लगाएर मौन प्रदर्शन गरेका थिए ।

शिक्षकहरूले अविलम्ब विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेका छन् । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासङ्घको नेतृत्वमा देशभरका शिक्षकहरू आन्दोलनमा छन् । उनीहरूले चैत २० गतेदेखि काठमाण्डौमा प्रदर्शन गर्दै आएका हुन् ।

सरकारले वार्तामा बोलाइरहेपछि ऐन जारी गर्ने अवस्था नआएसम्म शिक्षकहरू वार्तामा नजाने अडानमा छन् । यो निर्णायक आन्दोलन भएको र यस पटक ऐन जारी नभई नफर्कने उनीहरूको भनाइ छ । शिक्षकहरूले हिजोदेखि देशव्यापी शैक्षिक हडतालसमेत शुरू गरेका छन् । यस बेला वार्षिक परीक्षा सकिएर पढाइ शुरू नभएको अवस्था भए पनि आन्दोलनका कारण विद्यालय भर्ना अभियान तथा माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा तयारीमा समस्या आएको छ ।

← Previous Article
शिक्षकहरूको मागप्रति माओवादी केन्द्रको ऐक्यवद्धता
Next Article →
नेकपा (माओवादी केन्द्र) नेचासल्यान गाउँपालिकाको अध्यक्षमा बियस राई निर्वाचित

Staff writer and contributor at GaukoKhabar.

Leave a Reply

Your email address will not be published. Required fields are marked *