LIVE Thursday, October 15, 2026 | 6:15 PM
Sign In
GaukoKhabar
No #1 News Portal of solukhumbu
⚠ Breaking
संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षणसंघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षण
राजनीति शिक्षा

शिक्षकहरूको मागप्रति माओवादी केन्द्रको ऐक्यवद्धता

Correspondent •

काठमाडौं। नेकपा माओवादी केन्द्रले शिक्षकहरूको मागप्रति ऐक्यवद्धता जनाएको छ । माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले एक विज्ञप्ति जारी गर्दै शिक्षकहरूको मागप्रति ऐक्यवद्धता रहेको जानकारी गराएका हुन् । माओवादी केन्द्रले आम जनसमुदायलाई समेत शिक्षकहरूको आन्दोलनको पक्षमा उभिन आह्वान गरेको छ ।
साथै, कांग्रेस–एमाले गठबन्धन सरकारले हजारौं शिक्षकको पेशा र लाखौं विद्यार्थीको भविष्यमाथि खेलवाड गरिरहेको पनि माओवादी केन्द्रको आरोप छ । ‘नेपाल शिक्षक महासंघसँग ५ बुँदे र ६ बुँदे सहमति भएको स्मरणीय छ । उक्त सहमति अनुरूप तर्जुमा भएको विधेयकलाई महत्व दिएर यथाशीघ्र पारित गर्नुपर्नेमा कांग्रेस र एमालेको गठबन्धन सरकारले हजारौं शिक्षक र लाखौं विद्यार्थीको पेशा तथा भविष्यमाथि खेलवाड गर्नु निन्दनीय छ,’– विज्ञप्तिमा भनिएको छ ।
सरकार गठन भएको दश महिनासम्म आन्दोलनरत शिक्षकहरूको जायज मागलाई वेवास्ता गरिएको माओवादी केन्द्रका आरोप छ । माओवादी केन्द्रले सरकारले यस अवधिमा देशलाई गम्भीर असर पर्ने प्रकृतिका ऐनहरू भने निसंकोच अध्यादेशमार्फत जारी गरेको र शिक्षकहरूको मागबारेमा भने उदासीन र गैर–जिम्मेवार भएको बताएको छ ।
माओवादी केन्द्रले तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकार र नेपाल शिक्षक महासंघबीच २०८० असोज ५ गते र १२ गते भएको सहमतिका आधारमा विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गरेको छ । शिक्षा ऐनलाई प्राथमिकतामा राखी विशेष अधिवेशन या अन्य उपायबाट विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकहरूलाई शैक्षिक जिम्मेवारी पूरा गर्ने वातावरण बनाउन सरकार र अन्य सरोकारवाला पक्षसँग माओवादीले आग्रह गरेको छ ।

← Previous Article
नेपाल शक्षिक महासंघद्धारा भोलिदेखि आम शैक्षिक हड्ताल घोषणा
Next Article →
शैक्षिक संस्था ठप्प पारी आन्दोलनरत शिक्षकहरू दिउँसै बत्ती बालेर सरकार खोज्दै

Staff writer and contributor at GaukoKhabar.

Leave a Reply

Your email address will not be published. Required fields are marked *