LIVE Thursday, October 15, 2026 | 6:15 PM
Sign In
GaukoKhabar
No #1 News Portal of solukhumbu
⚠ Breaking
संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षणसंघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षण
राजनीति

नेकपा (माओवादी केन्द्र) नेचासल्यान गाउँपालिकाको अध्यक्षमा बियस राई निर्वाचित

Correspondent •

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेचासल्यान गाउँपालिकाको अध्यक्षमा बियस राई निर्वाचित हुनुभएको छ । बुधबार सम्पन्न पार्टीको दोस्रो गाउँसम्मेलनबाट बियस राईको नेतृत्वमा ४५ सदस्य कार्यसमिति निर्वाचित भएको माओवादी केन्द्र सोलुखुम्बुका प्रचारप्रसार विभाग प्रमुख भोजराज कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्वाचित कमिटीको उपाध्यक्षमा युवराज राई, सरोज कटेल र लिली राई रहनुभएको छ । यस्तै सचिवमा बम प्रसाद बाँस्तोला, सह-सचिवमा युवराज राई र कोषाध्यक्षमा ओम कुमार राई निर्वाचित हुनुभएको छ ।

यस्तै मुक्ति शर्माको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति, कृष्ण शर्माको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति र कुल प्रसाद बास्तोलाको संयोजकत्वमा अनुशासन समिति समेत गठन गरिएको छ ।

सम्मेलनलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हेमकुमार राई(शुरविर), केन्द्रीय सदस्य गोम्बु शेर्पा(कर्ज्याङ), प्रदेश सचीवालय सदस्य तथा जिल्ला सह-इन्चार्ज असिम राई, प्रदेश सदस्य तथा जिल्ला संयोजक नाम्गेल शेर्पा लगायतले संबोधन गर्नुभएको थियो ।

कार्यक्रम पार्टीका पालिका कमिटी अध्यक्ष सिताराम भट्टराईको अध्यक्षता तथा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हेमकुमार राई(शुरविर)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

← Previous Article
शैक्षिक संस्था ठप्प पारी आन्दोलनरत शिक्षकहरू दिउँसै बत्ती बालेर सरकार खोज्दै
Next Article →
सुनको मूल्य एकै दिन ५ हजार ७ सय रुपैयाँले बढ्यो, तोलामा १ लाख ८१ हजार नाघ्यो

Staff writer and contributor at GaukoKhabar.

Leave a Reply

Your email address will not be published. Required fields are marked *