
सोलुखुम्बु । सोलुखुम्बुको एउटा क्याम्पस मात्रै स्ववियु निर्वाचनमा सहभागी भएको छ । जिल्लामा पाँच ओटा क्याम्पस सञ्चालनमा रहेका भए पनि जिल्लाको दुधकोशी बहुमुखी क्याम्पस नेचा सल्यानमा मात्रै निर्वाचनमा सहभागी भएको हो ।


जिल्लामा सञ्चालित अन्य चार क्याम्पसमा भने राजनितिक सहमती नजुुट्दा स्ववियु निर्वाचन हुन नसकेको हो । जिल्लामा रहेका सोलुखुम्बु बहुमुखी क्याम्पस, सोताङ पब्लिक क्याम्पस सोताङ, हिमाल दर्शन क्याम्पस र विपी संस्कृत क्याम्पस नेचासल्यानमा भने स्ववियु निर्वाचनमा सहभागी हुन नसकेका हुन् ।
दुधकोशी बहुमुखी क्याम्पसमा भने नेवि संघका सुजन दाहाल नेतृत्वको टिम नयाँ कार्य समितिमा आएको छ । त्या अन्य कुनै पनि संघ तथा संगठनबाट उमेरद्वारी नपरेकाले निर्विरोध दाहाल नेतृत्वको टिम चयन भएको हो । जिल्लामा अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारी सक्रिय रहेका छन् ।
