
सोलुखुम्बु। ङिम दोर्जि शेर्पा पर्यटन पदमार्ग सगरमाथाको प्रवेशद्धार भनेर चिनिने लुक्ला बजार नजिकै रहेको सुर्के गाउँ पुगेको छ । लामो समय देखि छेउबास भिरबाट अघि बढ्न नसकेको सडक खण्ड भिर छिचोलिए सँगै सहज रुपमा सुर्के सम्मको यातायात पहुँच जोडिएको हो ।



सुर्के सम्म सडक जोडिए सँगै त्यस क्षेत्रमा दुई ओटा बस, सुमो, बोलेरो, ट्रीपर, ट्रक र मोटर साईकल लगायतका यातायातका साधन पुगेको छ । सडक सञ्जाल सुर्के पुगे सँगै स्थानियले सवारी चालक तथा सवारी धनीलाई भव्य स्वागत गर्दै खुसी ब्यक्त गरेका छन् । तत्काललाई दुधकोशी नदीमा ह्युम पाइप विछ्याई सुर्के पुगेका हुन् । यातायात सहज आवागमनका लागि माप्य खुम्बु मितेरी पुललाई तत्काल निर्माणमा ध्यान दिनु पर्ने देखिन्छ । केही महिना अघि आएको बाढीले माप्य खुम्बु मितेरी पुललाई क्षेती पुर्याएको थियो । यस पुलको निर्माण पश्चात विभिन्न समान ढुवानी तथा पर्यटन आवागमनमा ठूलो टेवा पुग्ने छ । सुर्के सम्मकोे ङिम दोर्जि शेर्पा पर्यटन पदमार्गको औपचारिक उत्घाटन् पौष २० गते गरिने खुम्बु पासाङ ल्हामु गाउँपालिकाले जनाएको छ ।
