LIVE Thursday, October 15, 2026 | 5:30 PM
Sign In
GaukoKhabar
No #1 News Portal of solukhumbu
⚠ Breaking
संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षणसंघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षण
शिक्षा

खिरौले आधारभुत बिद्यालयको छात्रावास तथा सामुदायिक भवन निर्माण सम्पन्न, भव्य कार्यक्रमका विच उद्धघाटन

Correspondent •

सोलुखुम्बु। महाकुलुङ गाउँपालिकाको खिरौले आधारभुत बिद्यालयको छात्रावास तथा सामुदायिक भवन निर्माण सम्पन्न गरी उद्धघाटन गरिएको छ । शनिवार एक भव्य कार्यक्रमका विच छात्रावास तथा भवन उद्घाटन गरिएको हो ।
खिरौले शिक्षा तथा स्वास्थ्य परियोजना बेलायत र रोटरी क्लब अफ केण्डल बेलायतको आर्थिक सहयोग तथा महाकुलुङ गाउँपालिकाको प्राविधिक सहयोगमा भवन निर्माण गरिएको हो । बिद्यालयमा छात्रावास निर्माण भए सँगै त्यस क्षेत्रका विधार्थीहरुले टाढाबाट हिँडेर बिद्यालय जानुपर्ने बाध्यता हटेको छ ।

साथै खिरौले वासी आम जनसमुदायको आवश्यक्तालाई मध्येनजर गरी सामुदायिक भवन बनाइएको खिरौले शिक्षा तथा स्वस्थ्य परियोजना बेलायतको अध्यक्ष ल्हाक्पा कितार शेर्पाले बताउनुभयो । परियोजना सम्पन्न गर्न जम्मा ७१ लाख ५१ हजार ५ सय ६ रुपैयाँ अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । कार्यक्रम खिरौले आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष किफुटी शेर्पाको अध्यक्षता एवं महाकुलुङ गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा महाकुलुङ गाउँपालिकाका वडा अध्यक्षहरु, निमित्त प्रमुख प्रशासकीय अधिकृत, लेखा प्रमुख, शिक्षा शाखा प्रमुख, वि.व्या.स. अध्यक्ष, प्रधानाध्यापकहरु, सहयोगी संस्थाका प्रमुख एवं प्रतिनिधिका साथै स्थानीय बुद्धिजीवीहरुको उपस्थिति रहेको थयो।

 

← Previous Article
तीनकुने घटनामा संलग्न जो कोहीलाई कारबाही हुने प्रधानमन्त्री ओलीको भनाई
Next Article →
सविन महर्जनमाथि पछाडिबाट गोली हानियो, यसको न्यायिक छानबिन माग गर्दछौं -मनिष झा

Staff writer and contributor at GaukoKhabar.

Leave a Reply

Your email address will not be published. Required fields are marked *