
सोलुखुम्बु ः थुलुङ दुधकोशी गाउँपालिकामा हुने अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । भोली (बिहिबार) देखि शुरु हुन लागेको अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आवश्यक तयारी पुरा भएको थुलुङ दुधकोशी गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पालिका भित्रका १० वटा माध्यमिक विद्यालयले सहभागिता जनाउदै छन्, भने अध्यक्ष कपका लागि संघीय संरचना अनुसारका वडाबाट महिला तथा पुरुष खेलाडीहरुको सहभागीता हुनेछ । उक्त कार्यक्रममा कृषि मेला प्रदर्शन गरिनुका साथै स्थानिय खानाको परिकार समेत प्रदर्शन गरिने प्रबक्ता कार्कीले जानकारी दिनुभयो ।


कार्यक्रममा भव्य सांगितिक साँझको समेत आयोजना गरिएको छ । सांगितिक कार्यक्रमको लागि स्थानिय कलाकारको साथमा ख्याती प्राप्त गायक कुमार प्रयास, शिव परियार आउने छन् । पौष २९ गते सम्म जारी रहने कार्यक्रमका लागि प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत अन्य अतिथिहरु कार्यक्रम स्थलमा पुुगी सकेको आयोजक थुलुङ दुधकोशी गाउँपालिकाले जनाएको छ ।
