LIVE Thursday, October 15, 2026 | 4:46 PM
Sign In
GaukoKhabar
No #1 News Portal of solukhumbu
⚠ Breaking
संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षणसंघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षण
राजनीति

महाकुलुङमा माओवादी केन्द्रको सम्मेलन सम्पन्न,अम्बिर कुलुङको अध्यक्षतामा ३५ सदस्यीय समिति चयन

Correspondent •

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महाकुलुङ गाउँपालिकाको अध्यक्षमा अम्बिर कुलुङ निर्वाचित हुनुभएको छ । बुधबार सम्पन्न गाउँ पार्टी समितिको दोस्रो गाउँ सम्मेलनले अम्बिर कुलुङ सहित ३५ सदस्यीय पालिका समिति निर्वाचित गरेको हो ।

माओवादी केन्द्र सोलुखुम्बुका प्रचार प्रशार विभाग प्रमुख भोजराज कार्कीका अनुसार नवनिर्वाचित समितिको उपाध्यक्षमा निरकुमार कुलुङ, सरला कुलुङ र खम्बधन कुलुङ, सचिमा ओसन कुलुङ, सहसचिवमा कमला विक र बुद्धि कुलुङ रहनुभएको छ । यस्तै समितिको कोषाध्यक्षमा दुर्गातम कुलुङ निर्वाचित हुनुभएको छ ।

माओवादी केन्द्र महाकुलुङ गाउँपार्टी समितिका अध्यक्ष वीरेन्द्र कुलुङको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हेम कुमार राई(सुरवीर)को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रमलाई पार्टीका प्रदेश सहसिचव सागर किराँती,प्रदेश सचिवालय सदस्य तथा जिल्ला सहइन्चार्ज असिम राई लगायतले सम्बोधन गर्नुभएको थियो ।

माओवादी पार्टीको सम्मेलन खुम्बुपासाङ ल्हामु गाउँपालिका, नेचा सल्यान गाउँपालिका सोताङ र महाकुलुङमा सम्पन्न भइसकेको छ । विहिबार सोलुदुधकुण्ड नगरपालिका र शनिबार थुलुङ दुधकोशी गाउँपालिकामा सम्मेलन हुने प्रचार प्रसार विभाग प्रमुख कार्कीले जानकारी दिनुभयो ।

← Previous Article
स्थानिय कृषि उत्पादनलाई बजारीकरणमा जोड दिएको भन्दै थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई सम्मानित
Next Article →
इटा भट्टामा जिउँदै मान्छे जलाउने आलमलाई सफाइ दिने न्यायाधीशमाथि मोसो प्रहार

Staff writer and contributor at GaukoKhabar.

Leave a Reply

Your email address will not be published. Required fields are marked *