आफु मन्त्री भएको भए प्रसाँईलाई सुट गर्ने आदेश दिन्थे -कांग्रेस संसद नागिना यादव

काठमाडाै – नेपाली कांग्रेसकी सांसद नागिना यादवले चैत १५ गतेको राजावादीको हिंस्रक प्रदर्शनका कमान्डरलाई सुट गर्ने आदेश नदिएको भन्दै गृहमन्त्रीको आलोचना गरेकी छन्।
संसदीय समितिमा बोल्दै सांसद यादवले प्रहरीलाई किच्ने गरी गाडी कुदाएका प्रसाईँबारे भनिन्, म मन्त्री भएको भए सुट गर्ने आदेश दिन्थेँ। कडाभन्दा कडा कारबाही गर्नुपर्छ।

चैत १५ गते भएको राजावादीको प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो भने केही घाइते अहिले पनि उपचाररत छन्। उग्र राजावादीले तीनकुने क्षेत्रका निजी तथा सरकारी संरचना तोडफोड र आगजनी गरेका थिए। आज मात्रै उक्त प्रदर्शनका कमान्डर प्रसाईंलाई पनि पक्राउ गरी काठमाडौँ ल्याइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *