GaukoKhabar

प्रचण्डसहित समाजवादी मोर्चाका नेताद्वारा एकीकृत समाजवादीको कार्यालय अवलोकन

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित चार दलीय समाजवादी मोर्चाका नेताहरुले तीनकुनेको आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) को कार्यालय अनुगमन गरेका छन् ।
हिजो (शुक्रबार) राजावादीहरूका प्रदर्शनकारीहरुले एकीकृत समाजवादीको कार्यालयमा तोडफोड र आगजनी गरेका थिए । राजावादी समूहका प्रदर्शनकारीहरुले तोडफोड र आगजनीका कारण एकीकृत समाजवादीको कार्यालयमा ठूलो क्षति पुगेको छ ।
एकीकृत समाजवादीको केन्द्रीय कार्यालय अनुगमनमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव, माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलगायतका नेताहरु पनि सहभागी थिए ।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.