GaukoKhabar

घाटमा सेलाइसकेको राजतन्त्र ब्युँझिएर आउन सम्भव नरहेको घनश्याम भुसालको भनाई

काठमाडौं। नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले राजनीतिले सही दिशा लिन नसक्दा पुनरुत्थानवादी शक्तिहरू सलबलाएको टिप्पणी गरेका छन् । पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता र उनको समर्थनमा भएका प्रदर्शनतर्फ लक्षित गर्दै उनले अब त्यस्ता शक्तिलाई निस्तेज पार्न राजनीतिक हस्तक्षेपको आवश्यकता रहेको बताए ।

नेकपा एकीकृत समाजवादी रुपन्देहीको १० औं जिल्ला अधिवेशनको उद्घाटन समरोहलाई शनिबार बुटवलमा सम्बोधन गर्दै महासचिव भुसालले नेपालबाट राजतन्त्र घाटमा सेलाइसकेकाले त्यो ब्युँझिएर आउन सम्भव नरहेको बताउँदै यसका लागि गणतान्त्रिक शक्तिहरूमा सुधारको खाँचो रहेको औँल्याए ।

कुशासन र बेरोजगारी समस्याका कारण पुनरुउत्थान र पपुलिस्ट शक्तिहरूको स्वर चर्को भएको भन्दै यसका लागि सरकार र मुख्य राजनीतिक दलहरू जिम्मेवार हुनुपर्ने उनको भनाइ छ । महासचिव भुसालले राजनीतिक रुपमा गणतन्त्रको रक्षाका लागि हस्तक्षेप नगरे नेपालको दुर्दशा हुने खतरा रहेको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसतर्फ सचेत रहन आग्रह समेत गरे ।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.