
सोलुखुम्बु। जिल्ला सामुदायिक आखाँ केन्द्र फाप्लुमा ९५ जना मोतिविन्दुका बिरामीको शल्यक्रिया गरिएको छ । जिल्ला विभिन्न स्थानबाट छनौट भएका मोतिबिन्दुका बिरामीहरुको चैत्र ७ र ८ गते ९२ जना मोतिबिन्दुका बिरामीको र अन्य ३ गरि ९५ जनाको शल्यक्रिया गरिएको हो ।


यस अघि जिल्लाको विभिन्न स्थानमा निशूल्क आँखा शिबिर सञ्चालन गरिएको थियो । उक्त शिविरबाट मोतिबिन्दुका बिरामीहरुको छनौट गरिएको थियो । उनीहरुको फाप्लुमै शिविर सञ्चालन गरी शल्यक्रिया गरिएको हो ।
आँखा केन्द्रले फाप्लुमा प्रत्येक वर्ष तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँका विशेषज्ञसहितको उपस्थितिमा मोतिविन्दु शल्यक्रिया शिविर सञ्चालन गरेको प्रमुख विदान ताम्राकारले जानकारी दिनुभयो । सोलुखुम्बुमै आँखाको मोतिविन्दुको शल्यक्रिया भएपछि बिरामी खुसी भएका छन् ।
