GaukoKhabar

भ्राइट भिजन फाउण्डशेन काठमाडौको आयोजनामा सोलुखुम्बुमा निशुल्क स्वास्थ्य शिविर हुँदै

सोलुखुम्बु। भ्राइट भिजन फाउण्डशेन काठमाडौले सोलुखुम्बुमा निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । रोटरी क्लब अफ काठमाडौँ संकल, रोटरी क्लब अफ सल्लेरीको समन्वय र सहयोग तथा गंगलाल हृदय केन्द्र काठमाडौँको प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको हो ।

यहीँ चैत्र २२ र २३ गते जिल्लाकाे सिसाखोला आधाभूत विद्यालयमा हुने शिविरमा मुटुरोग विशेषज्ञहरुद्धारा परिक्षण, निशुल्क ईसीजी सेवा, निशुल्क मुटुको भिडियो एक्सरे तथा ईको र मुटुरोग सम्बन्धि औषधी निशुल्क वितरण गरिने छ । साथै आँखा सम्बन्धि पनि उपचार गरिने फाउण्डशेनका संरक्षक डाक्टर मिङमार शेर्पाले जानकारी दिनुभयो ।

मंहगो रकम खर्च गरेर काठमाण्डौ सम्म जानुपर्ने स्थानीय नागरिकको बाध्यतालाई मध्यनजर गर्दै शिविरको आयोजना गरिएको डाक्टर शेर्पाले बताउनुभयो । स्थानिय स्तरमानै निशुल्क रुपमा उपचार पाउने भएपछि स्थानिय बासिन्दाले ब्यक्त गरेका छन्

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.