GaukoKhabar

नेपाल शिक्षक महासंघ सोताङ गाउँपालिकाको अधिवेशन सम्पन्न, अध्यक्षमा मोतीराम बस्नेत चयन

सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकामा नेपाल शिक्षक महासंघको पालिका अधिवेशन शनिबार सम्पन्न भएको छ । सो अधिवेशन सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेतको प्रमुख आतिथ्यमा तथा संयोजक विजय नाछिरिङको अध्यक्षतामा सम्पन्न भएको हो ।

अधिवेशनले पालिका भित्र क्रियाशील सबै शिक्षक संघ तथा संगठनहरूको सहमतिमा मोतीराम बस्नेतलाई नेपाल शिक्षक महासंघ सोताङ गाउँपालिका अध्यक्षमा चयन गरेको छ ।

यस्तै, सचिवमा लाककुविर राई, उपेन्द्र राई सह–अध्यक्षसहित अन्य पदाधिकारी तथा सदस्यहरू पनि सर्वसम्मत रूपमा चयन गरिएको छ । नव–निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले शिक्षकहरूको हकहितको पक्षमा सदैव साथ रहने प्रतिबद्धता जनाउनुभयो ।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.