
सोलुखुम्बु। थुलुङ दुधकाेशी गाउँपालिका देउसामा अवस्थित जनजागृती ज्योति प्रशंसा मण्डली किचन घरको पालिका अध्यक्ष असिम राईले उद्घाटन गर्नु भएको छ । आज मंगलबार एक कार्यक्रमका विच किचन घरकाे पालिका अध्यक्ष राई उद्धाटन गर्नु भएको हो ।
चालु आर्थिक वर्षमा थुलुङ दुधकोशी ७ को १ लाख ५० हजार रकममा उक्त किचन घर निर्माण गरिएको हो ।
उद्धघाटन कार्यक्रममा पालिका अध्यक्ष राई सहित उपाध्यक्ष सविता राई, वडा नं. ७ का अध्यक्ष एवं पालिका प्रवक्ता भोजराज कार्की, संस्थापक वडा अध्यक्ष राम संघर्ष किराँती सहित अन्य जनप्रतिनिधि, स्थानीय नागरिक तथा सञ्चाकर्मीहरुको उपस्थित रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अधयक्ष राईले युवाहरुको साथ र सहयोगले गर्दा थोरै रकममा पनि उल्लेखनीय काम भएको बताउनु भयाे ।
