GaukoKhabar

पत्रकार महासंघ सोलुखुम्बुका अध्यक्ष सुवास दर्नाल सम्मानित

सोलुखुम्बु। नेपाल पत्रकार महासंघ सोलुखुम्बुका अध्यक्ष सुवास दर्नाललाई लौरेश्वर दलित युवा समाजले सम्मान गरेको छ। शुक्रबार तिङ्लामा सम्पन्न खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन समारोहमा उहाँलाई सम्मानपत्र र खादा ओढाएर सम्मान गरिएको हो।

समारोहका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पार्टीको पर्यटन विभाग प्रमुख आङ गेलु शेर्पा र विशिष्ट अतिथि जिल्ला समन्वय समितिका प्रमुख कृष्णप्रसाद निरौलाले दर्नाललाई औपचारिक रूपमा सम्मानित गर्नुभयो । दर्नाल दलित समुदायबाट महासंघका अध्यक्ष हुने पहिलो व्यक्ति हुनुहुन्छ।

२०८१ साल मंसिर २८ गते सल्लेरीमा सम्पन्न अधिवेशनबाट उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको थियो। पत्रकारितामा दलित समुदायको प्रतिनिधित्व गर्दै निरन्तर योगदान दिँदै आउनुभएका दर्नालको यो उपलब्धिलाई सिंगो दलित समुदायको गौरवको रूपमा लिइएको छ।

यही भावना स्वरूप उहाँलाई सम्मान गरिएको लौरेश्वर दलित युवा समाजका अध्यक्ष निरकुमार नेपालीले जानकारी दिनुभयो। विगत १३ वर्षदेखि सोलुखुम्बुमा सक्रिय पत्रकारिता गर्दै आउनुभएका दर्नाल हाल हिमाल एफ।एम। सोलुखुम्बुका प्रबन्धक समेत हुनुहुन्छ। पत्रकारिता क्षेत्रमै लामो समयदेखि योगदान दिँदै आउनु भएका उहाँको नेतृत्वलाई जिल्लामा दलित समुदायको पहिचान र प्रतिनिधित्व विस्तार गर्ने अवसरका रूपमा हेरिएको छ।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.