GaukoKhabar

बाढिपीडित परिवारलाई सोलुदुधकुण्डको नगद सहयोग

सोलुखुम्बु। सोलुदुधकुण्ड नगरपालिकाले बाढी पिडित परिवारलाई आर्थिक सहयोग गरेको छ । गएको असोज १०, ११ र १२ गते आएको अविरल बर्षा सहितको पहिरोले क्षति पुर्याएका नगरपालिका भित्रका ७ परिवारलाई आर्थिक सहयोग गरेको हो।

नगरपालिकाले वडा नम्बर ९ र १० का ३ घर परिवारलाई २ लाख ५० हजारका दरले र २ का ४ घरपरिवारलाई १ लाख रुपैयाँका दरले चेक हस्तान्तरण गरेको नगर प्रवक्ता फुर्वा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो। नगरपालिकाले सोही समयमा पहिरोमा परी ज्यान गुमाएका वडा नम्बर ९ र १० का परिवारलाई ५० हजारका दरले आर्थिक सहयोग गरेको शेर्पाले जानकारी दिनुभयो।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.