GaukoKhabar

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं ढोका फुटाएर कार्यकक्षमा प्रवेश

काठमाडौ। काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं ढोका फुटाएर आफ्नो कार्यकक्षमा प्रवेश गरेका छन्। नगर प्रहरीको अवरोधका बाबजुद काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं बिहीबार कार्यालय पुगेका हुन्।

आजै गुरागाईं पुगेपछि उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बैठक बसेको थियो। छलफलमा वडाध्यक्षहरू पनि सहभागी थिए। तर महानगर प्रमुख बालेन्द्र शाह भने उपस्थित भएनन् । गुरागाईंलाई रोक्न भनी मेयर शाहले बिहानैदेखि कार्यालय परिसरमा नगर प्रहरी परिचालन गरेका थिए। तर कर्मचारीहरूको समूहले प्रहरीको अवरोध पन्छाउँदै गुरागाईंलाई कार्यालय छिराएका हुन्।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.