GaukoKhabar

सान्भी इनर्जीलाइ ३७ करोड ९० लाख बराबरको आईपीओ निष्काशन अनुमति

सान्भी इनर्जी लिमिटेड ले आयोजना प्रभावित स्थानीयवासी र सर्वसाधारणलाई शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ। कम्पनीले प्रति कित्ता १०० रुपैयाँ दरले ३७ लाख ९० हजार कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्न अनुमति पाएको हो। यसअनुसार कम्पनीले कुल ३७ करोड ९० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ।

यस आईपीओको विक्री प्रबन्धकको रूपमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहनेछ। कम्पनीले पहिले आयोजना प्रभावित स्थानीयवासीलाई प्राथमिकता दिई शेयर निष्काशन गर्नेछ भने त्यसपछि सर्वसाधारणका लागि निष्काशन प्रक्रिया अगाडि बढाइनेछ।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.