GaukoKhabar

ख्याल तम्र कार्यशाला तथा खालिङ पुर्खा सम्मेलन २०८१ सम्पन्न

ख्याल तम्र कार्यशाला तथा खालिङ पुर्खा सम्मेलन २०८१ सम्पन्न भएको छ। तारकेश्वर नगरपालिका १ को ख्यालदेल (खालिङ गाउँ)मा एक हप्तासम्म चलेको सम्मेलन २१ बुँदे घोषणापत्र पारित गर्दै शुक्रबार सम्पन्न भएको हो।

सम्मेलनले कार्यशालका क्रममा सङ्कलित तम्‍र (मुन्धुम), मिथक, तम्रका विधिहरू र आवश्यक सामग्रीहरूलाई सम्पादन गरेर स्रोतव्यक्ति पुर्खाहरूको प्रोफाइलसहित पुस्तक प्रकाशन गरी खालिङहरूका माझमा पुर्‍याइने भएको छ। खालिङ राई उत्थान संघरा आयोजित सम्मेलनमार्फत खालिङ राईहरूको विभिन्न तम्रहरूको उत्पति कथा (मिथक) एउटै रहेको कुरामा सहमत भएको घोषणापत्रमा उल्लेख छ।

खुलुसम्मको खालिङ राईहरूको सृष्टिको कथामा उत्पत्तिको बारेमा एकमत भएका छौँ, त्यहाँ भनिएको छ, खालिङहरूको ऐतिहासिक थातथलो, मूलथलो, रैथाने नामहरू खोजी पुनः लेखनकार्य गर्दछौँ।  घोषणापत्रमा खालिङ भाषाको संरक्षणका लागि सामुदायिक विद्यालय स्तरमा अनिवार्य पठनपाठन गर्नका लागि तीनै तह संंघ, प्रदेश र स्थानीय तहका सरकारहरूसँग पहल गरिने कुरा घोषणापत्रमा उल्लेख छ।

सम्मेलनपछि खालिङहरूको मूलथलोमा रहेका पुर्खाहरूका ज्ञान हस्तान्तरणको वातावरण बन्ने दाबी आयोजकको छ।
खालिङ राईभित्रको एक भाषी समुदाय हो। सोलुखुम्बु मूल थलो भएको खालिङ समुदाय त्यस बाहिर सङ्खुवासभा, खोटाङ, पाँचथर, उदयपुर, सुनसरी, झापा, मोरङ, इलामलगायतका जिल्ला र नेपाल बाहिर दार्जिलिङ, सिक्‍किमलगायतका स्थानमा बसोबास गर्दछन्।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.