
सोलुखुम्बु। सोलुखुम्बुको सदरमुकाम क्षेत्रमा विद्युत वितरण गर्दे आएको सल्लेरी च्याल्सा विद्युत कम्पनीले आज (शनिबार) ५ घण्टा विद्युत बन्द गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै आज ११ बजेदेखी दिउँसो ४ बजेसम्म विद्युत आपूर्ति बन्द गरेर रुख काट्ने जनाएको हो ।


कम्पनीको विद्युत उत्पादन गृहको स्वीचयार्डमा रहेको लोडब्रेक (एल.वि.) स्वीचमा समस्या आएकोले उक्त (एल.वि.) मर्मत तथा परिवर्तन गरिने कम्पनीले जनाएको छ ।
