GaukoKhabar

माप्यमा बृहत साङ्गीतिक कार्यक्रम हुँदै, स्थानिय सहित राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती रहने

सोलुखुम्बु ः माप्य दुधकोशी गाउँपालिकाले साङ्गीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । गाउँपालिकाले स्थानीय कला, संस्कृतिको प्रवर्द्धन तथा विकास गर्ने अवसर र हौसलाका लागी साङ्गीतिक कार्यक्रमको आयोजना गर्न लागेको हो ।
कार्यक्रम संयोजक तथा गाउँपालिका उपाध्यक्ष गौरव राईका अनुसार कार्यक्रममा ख्यातिप्राप्त गायक दिपक लिम्बु, प्रसिद्ध गायिका सुनिता थेगिम, भ्वाइस अफ नेपालका फाइनलिष्ट कुमार प्रयास लगायतको प्रस्तुति माप्य दुधकोशी स्थित कोर्कु रङ्गशालामा रहने छ ।

कार्यक्रममा अन्य कलाकारहरू उर्मिला खालिङ, विशेष खालिङ, विनोद बिक्रम राई, प्रकाश धावल राई, संगिता राई, जीवन विश्वकर्मा, सङ्गम राई लगायतको प्रस्तुति रहने कार्यक्रम संयोजक तथा गाउँपालिका उपाध्यक्ष राईले बताउनुभयो ।
सांगिततिक कार्यक्रममा नृत्यङ्गनाको प्रस्तुति रहने समेत उहाँको भनाई छ । गाउँपालिकाले आयोजना गर्न लागेको साङ्गीतिक कार्यक्रमको उद्‌घाटन माघ ३० गते हुने सोही कार्यक्रमको अवसरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा अध्यक्ष कपको समेत आयोजना हुने उपाध्यक्ष राईले बताउनुभयो ।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.