
सोलुखुम्बु। सोलुखुम्बुको थुलुङ दुधकोशी सामुदायिक अस्पतालले हप्तामा एक दिन दन्त सेवा उपलब्ध गराउने भएको छ । अस्पतालले आगामी दिनमा हप्ताको प्रत्येक बिहिबार दन्त सेवा प्रदान गर्ने जनाएको हो ।
अस्पतालबाट दाँत भर्ने, स्थायी वा फिक्स दाँत लगाउँने, फुल दाँत लगाउने र दाँत सफा गर्ने लगायतको सेवा लिन सकिने छ ।
यस्तै दाँतको जराबाटै उपचार गर्ने, बच्चाहरुको दाँत निकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत पोलिस गर्ने र गिजा तथा मुख सम्बन्धी उपचार गन सकीने थुलुङ दुधकोशी गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।


