
नेकपा माओवादी केन्द्र कोशी प्रदेश सचिवालय सदस्य एवं थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले पार्टी नेतृत्वलाई खबरदारी गरेका छन् । केन्द्रबाट कोही न कोहीलाई चेप्ने प्रवृत्ती अनुभुत गरेको भन्दै पार्टी नेतृत्वलाई गुटगत राजनिति अगाडी नबढाउन खबरदारी गरेका हुन् ।
आज (शनिबार) काठमाडौमा आयोजित सोलुकाठमाण्डौ सम्पर्क समन्वय समितिको सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष राईले केन्द्रीय नेतृत्वले गुटगत प्रभाव नबनाउने हो भने तल्लो तहमा त्यसको प्रभाव नपर्ने बताउनु भयो ।
त्यस्तै उहाँले आगामी केन्द्रीय कमिटीको बैठकबाट जनताको कार्यक्रमलाई स्थापित गर्नु पर्ने कुरामा जोड दिनु भयो । देशभरका नेता, कार्यकर्ता र जनतालाई उत्साहित पार्ने र संगठनलाई सुदृढ बनाउने कार्यक्रमहरु ल्याएमा आगामी निर्वाचनमा माओवादी केन्द्रलाई कुनै पनि शक्तिले रोक्न नसक्ने उहाँको भनाई थियो ।


