GaukoKhabar

नेपाल पत्रकार महासङ्घ सोलुखुम्बुका अध्यक्ष सुवास दर्नाल अमेरिका भ्रमणमा

 सोलुखुम्बु। नेपाल पत्रकार महासङ्घ सोलुखुम्बुका अध्यक्ष, हिमाल एफएम ९०.२ मेगाहर्जका प्रबन्धक तथा राष्ट्रिय समाचार समिति (रासस)का सम्वाददाता सुवास दर्नाल अमेरिकी सरकारद्वारा आयोजित “अन्तराष्ट्रिय नेतृत्वकर्ता तालिममा सहभागी हुन आज शुक्रबार अमेरिका प्रस्थान गर्नुभएको छ। अन्तर्राष्ट्रिय नेतृत्व विकासका लागि प्रतिष्ठित मानिने यस कार्यक्रममा सहभागी हुन दर्नाल नेपालबाट चयन हुनुभएको हो।

उहाँले नेपालका अग्रज पत्रकार प्रतिनिधिको रूपमा एक महिनासम्म अमेरिका भ्रमण गर्दै विभिन्न कार्यक्रम, छलफल तथा अन्तरक्रियामा सहभागिता जनाउनेछन्। कार्यक्रमको क्रममा दर्नालले अमेरिकाका विभिन्न सहरहरूमा सञ्चार, लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता तथा पत्रकारिताको उत्तरदायित्वसम्बन्धी सर्तहरुमा सहभागिता जनाउने बताइएको छ। कार्यक्रममा नेपालसहित विश्वका ३३ राष्ट्रबाट अग्रज पत्रकारहरूको सहभागिता रहेको आयोजकहरूले जनाएका छ।

महासंघका अध्यक्ष दर्नाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमाल एफएमका अध्यक्ष दावा गेलु पाख्रिन र नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख आङगेलु शेर्पासहितले विदाई गर्नुभएको थियो। दर्नालको यो भ्रमणले नेपाली पत्रकारिता क्षेत्रमा अन्तर्राष्ट्रिय सञ्जाल विस्तार, समकालीन अभ्यासको अवलोकन तथा आगामी पुस्ताका पत्रकारहरूका लागि मार्गनिर्देशन प्रदान गर्ने विश्वास गरिएको छ। विगत १५ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहनुभएका दर्नाल विशेषगरी राजनीति, पर्यटन क्षेत्रको सरोकार विषयमा क्रियाशील हुनुहुन्छ। उहाँ सोलुखुम्बु क्षेत्रको आवाजलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय मञ्चमा पुर्याउन याउन अग्रसर हुनुहुन्छ। याउन अग्रसर हुनुहुन्छ।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.