GaukoKhabar

सोलुमा भलले मोटरसाइकलसहित मान्छे बगायो, तामाङको मृत्यु

सोलुखुम्बु, असार २५ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका १ खत्रीगाउँमा भलले मोटरसाइकलसहित मान्छे बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा थुलुङ दुधकोशी गाउँपालिका ८ अम्रासका अन्दाजी ३८ वर्षीय मिङ्मार तामाङ रहेका छन् ।

नेलेका वडाध्यक्ष घनराज सुनुवारका अनुसार मंगलबार नेले हाटबाट घर फर्किने क्रममा खत्रीगाउँ स्थित हर्कटे खोलामा आएको भलले मान्छेसहित मोटरसाइकल बगाएको हो ।

मोटरसाइकललाई स्थानीयले सडकबाट करिब २५ मिटर तल फेला पारेका थिए भने तामाङको शव अन्दाजी ३०० मिटर तल फेला परेको वडाध्यक्ष सुनुवारले जानकारी दिनुभयो । शव पोष्टमार्टमका लागि थुलुङ दुधकोशी अस्पताल मुक्ली पठाइएको छ । तामाङ नेलेमा इलेक्ट्रिक पसल सञ्चालन गर्दै आएको बताइएको छ ।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.