LIVE Thursday, October 15, 2026 | 6:21 PM
Sign In
GaukoKhabar
No #1 News Portal of solukhumbu
⚠ Breaking
संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षणसंघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षण
राजनीति

आरोही शेर्पालाई एभरेष्ट टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान

Correspondent •


सोलुखुम्बु ः हिमाल आरोही कान्छा शेर्पालाई एभरेष्ट टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ । तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीसँग पहिलो पटक सगरमाथा आरोहण गर्ने टोलीका एक मात्र जीवित सदस्य कान्छा शेर्पालाई एभरेष्ट टुरिजम अवार्ड, २०२५ को लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको हो।
शेर्पालाई ५१ हजार एक सय ५१ रुपैयाँसहित दोसल्ला र प्रमाणप्रत्र सहित सम्मान गरिएको आयोजक संस्था एएमएस म्युजिक एण्ड म्यानेजमेन्ट प्रा.लि. का अध्यक्ष सत्यकला तामाङ लामाले जानकारी दिनुभयो ।
सन् १९३३ मा सोलुखुम्बुको नाम्चेमा जन्मनु भएका शेर्पाले २० वर्षको उमेर देखि हिमाल आरहोणमा सक्रिय हुनुहुन्छ । सम्मान ग्रहणपछि उहाँले खुसी व्यक्त गर्दै पछिल्लो समय हिमालबाट हिउँ हराउँदै गएकामा चिन्ता व्यक्त गर्नु भयो ।

पहिलो पटक सगरमाथा आरोहण गर्ने समयभन्दा अहिले हिमालमा धेरै परिवर्तन भइसकेको शेर्पाको भनाइ रहेको छ । साथै जलवायु परिवर्तनको असर सबैभन्दा बढी हिमाली क्षेत्रमा परेकाले यसको क्षति न्यूनीकरणका लागि सबै एकजुट हुन जरुरी रहको शेर्पाको भनाई थियो ।

← Previous Article
मनिष झालाई सूर्य थापाको प्रश्नः आफ्नै जत्थाले गरेको कुकर्म र अपराधमा किन दुःख बेसाएको ?
Next Article →
खुम्बु पासाङल्हामु गाउँपालिका र वायुसेवा सञ्चालक संघको विवाद उत्कर्षमा

Staff writer and contributor at GaukoKhabar.