GaukoKhabar

खालिङको अध्यक्षतामा (माओबादी केन्द्र) सोलुखुम्बु –काठमाडौं सम्पर्क समन्वय समिति गठन्

सोलुखुम्बु। नेकपा (माओवादी केन्द्र)को सोलुखुम्बु –काठमाडौ सम्पर्क समन्वय समितिको अध्यक्षमा विष्णु खालिङ चयन हुनु भएको छ । काठमाडौमा सम्पन्न पाँचौ सम्मेलनले खालिङको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
समितिको उपाध्यक्षमा फुरा याङ्जी शेर्पा, गणेश कुलुङ, हरि प्रसाद राई, सचिवमा शिशिर देब राई, सहसचिवमा राम तामाङ र कोषाध्यक्षमा चन्द्र राई निर्वाचित हुनुभएको पार्टीका नेता प्रकाश खालिङले जानकारी दिनुभयो ।
पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यता सम्पन्न पाँचौ सम्मेलनमा जिल्लाका प्रमुख नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थितिमा रहेको थियो ।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.