GaukoKhabar

नेचासल्यान गाउँपालिकामा ढुंगा गिट्ठी उत्खनन्मा रोक

सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले ढुंगा गिट्ठी उत्खनन्मा रोक लगाएको छ । नेचासल्यान गाउँपालिकाले सम्बन्धित सरकारी निकायहरुको स्वीकृति बिना ढुंगा,गिट्टी र बालुवाको उत्खनन तथा विक्री वितरण गर्न रोक लगाएको हो ।

व्यक्तिगत जग्गा, दुधकोशी नदी, सोलु र ठाडो खोलाबाट बिना अनुमति त्यस्ता कार्यहरू भइरहेको सूचनाका आधारमा व्यावसायिक प्रयोजनका लागि ढुंगा,गिट्टी र बालुवाको उत्खनन तथा बिक्री बितरणमा रोक लगाइएको अध्यक्ष धनजन राईले जानकारी दिनुभयो ।

नेचासल्यान गाउँपालिकाको प्रथम गाउँसभाले २०७५ सालमै खहरेखोला किनारबाट बालुवा उत्खनन गर्न अनुमति नदिने निर्णय गरेको स्मरण गराँउंदै वहाँले व्यावसायिक रूपमा कार्य गर्नका लागि संघीय सरकारबाट निर्देशित ढुंगा गिट्टी तथा बालुवा उत्खनन, बिक्रि तथा व्यवस्थापन सम्वन्धी मापदण्ड–२०७७ र प्रदेश १ सरकारको प्रदेश वातावरण संरक्षण नियमावली–२०७७ बमोजिमका प्रक्रिया पूरा गरि स्वीकृति लिएर मात्र गर्नुपर्ने बताउनु भयो।

अनाधिकृत उत्खनन्ले स्थानीय बासीको घर समेत जोखिममा परेको सूचना प्राप्त भएकाले यस्ता कार्य नगर्न र गरेको देखेमा गाउँपालिकामा जानकारी गराउन समेत प्रमुख प्रशासकिय अधिकृत विशाल घिमिरेले आग्रह गर्नुभयो ।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.