
माप्य दुधकोशी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ४५ करोड ४५ लाख ४१ हजार १४३ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।


गाउँपालिकाले ग्रामीण सडक सञ्जाल विस्तार, स्वास्थ्य सेवा सुधार, विद्यालयहरूको स्तरोन्नति तथा पर्यटकीय सम्भावनायुक्त क्षेत्रहरूको पहिचान र प्रवर्द्धनमा बजेटको उल्लेखनीय हिस्सा विनियोजन गर्ने जनाएको छ।
गाउँपालिकाले समावेशी विकास, रोजगारी सिर्जना, वातावरण संरक्षण तथा स्थानीय उत्पादनको प्रवर्द्धनजस्ता क्षेत्रहरूमा समेत ध्यान दिने योजना बनाएको छ।
