GaukoKhabar

माप्यदुधकोशी गाउँपालिका ६ वाप्सामा भुमे (वास) समुहको भवन उद्घाटन

माप्यदुधकोशी गाउँपालिका ६ वाप्सामा वपुसे रितोङ्म्य जवरी जिफालाङ्म्य भुमे (वास) समुहको भवन उद्घाटन गरिएको छ । खालिङ राई समुदायको भुमे पूजा गर्ने वास भवनको उद्घाटन गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले उद्घाटन गर्नु भएको हो उक्त भवन निमार्णको लागि गाउँपालिकाले ११ लाख ३१ हजार लागत विनियोजन गरेको थियो ।

यस्तै संस्थागत तथा व्यक्तिगत रुपमासमेत सहयोग गरि उक्त भवनको निमार्ण गरिएको हो । संसार एउटा गाउँ जस्तो भइसकेकाले भाषा,संस्कार, संस्कृति संरक्षण गर्न तथा पछिल्लो पुस्तालाई हस्तान्तरण गर्न सजिलो नभएको बताउँदै गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले आफ्नो संस्कार संस्कृति जोगाउनको लागि भवन निमार्ण गरिएकोमा खुशी व्यक्त गर्नु भएको छ ।

भवन उद्घाटन गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले गर्नु भएको थियो । यस्तै विशिष्ट अतिथिमा उपाध्यक्ष गौरव राई र स्थानीयहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.