GaukoKhabar

स्थानिय कृषि उत्पादनलाई बजारीकरणमा जोड दिएको भन्दै थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई सम्मानित

सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष अशिम राई सम्मानित हुनुभएको छ। रैथाने कृषि उपज तथा बस्तुहरुको बजारीकरणका लागि काठमाडौंको दरबारमार्गस्थित ओरियण्टल क्याफेमा सञ्चालित रैथाने हाटबजार एक सय हप्ता पुगेको अवसरमा शनिबार आयोजित बिशेष अन्तरक्रियामा कार्यक्रमका प्रमुख अतिथि कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले अध्यक्ष राईलाई सम्मानित गर्नुभएको हो।

रैथाने कृषि उत्पादन, स्थानीय सीप र प्रविधिबाट निर्मित वस्तुहरुको संरक्षण प्रवर्द्धनका लागि सञ्चालित रैथाने कृषि हाटबजारमा कृषि उपजहरुको बजारीकरण कार्यमा सहजीकरण गर्न अमूल्य योगदान गरेको भन्दै अध्यक्ष राईलाई सम्मानित गरिएको आयोजक संस्था रैथाने एग्री प्रडक्टस् नेपालले जनाएको छ । गाउँपालिकामा उत्पादित कृषि उत्पादनको उपभोगमा वृद्धि गरी व्यावसायीकरण गर्न गाउँपालिकाको कृषि एम्बुलेन्समार्फत रैथाने हाटबजारसम्म ल्याउन स्थापनादेखि नै वहाँले महत्वपूर्ण योगदान गर्नुभएको भन्दै आयोजकले अध्यक्ष राईको प्रशंसा गरेका थिए।

देशको सर्वाङ्गीण विकासका लागि कृषि र कृषिको विकासका लागि स्थानीय तहको भूमिका अपरिहार्य रहेको भन्दै अध्यक्ष राईलाई प्रदान गरिएको सम्मानपत्रमा रैथाने कृषि उत्पादन र उपभोगमा वृद्धि गरी व्यावसायीकरण गर्ने उद्देश्यलाई पूरा गर्नका लागि थुलुङ दुधकोशीमा रैथाने कृषि उत्पादन, स्थानीय सीप र प्रविधिबाट निर्मित वस्तुहरुको संरक्षण प्रवर्द्धनका लागि भविष्यमा पनि अमूल्य योगदान हुने अपेक्षा गरिएको उल्लेख छ ।

एग्रो प्रडक्टस् नेपालका अध्यक्ष तिलक ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रममा प्रमुख अतिथि मन्त्री अधिकारी,पूर्बमन्त्री एबम् सांसद शेरबहादुर तामाङ,कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठ,थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष राई,खनियाबास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ,ओरियण्ट क्याफेका सञ्चालक पशुपति पाण्डे,नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रभात दाहाल लगायतले रैथाने कृषि उपज र बस्तुको उपादेयताबारे चर्चा गर्दै यसको संरक्षण,प्रबर्द्धन र बजारीकरणमा जोड दिनुभएको थियो।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.